काठमाडौं – कास्कीको पोखरा महानगरपालिका– ५ स्थित तमु समाजको भवनमा जुवा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका– ५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ८ सय ६० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया