रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै १४ लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी घर भई काठमाडौंको  नागार्जुन बस्ने ३० वर्षीय उजुना श्रेष्ठ र कञ्चनपुरको बेलौरी घर भई ललितपुरको टिकाथली  बस्ने ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन्। 

पक्राउ परेकामध्ये श्रेष्ठले ६ जनालाई  रोमानिया पठाइदिन्छु भन्दै १० लाख र रिसालले १ जनालाई चेक रिपब्लिक पठाइदिन्छु भन्दै ४ लाख ५० हजार ठगी गरेको प्रहरीले बताएको छ। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।