काठमाडाैं – नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रा.लि.बीच बैंकका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
२२ मंसिरमा हस्ताक्षर गरिएको सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता भएका ग्राहकहरू पाटन हेल्थ ल्याब प्रा.लि., थसिखेलमा उपचार तथा स्वास्थ्य परीक्षण गराउँदा विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् । प्याथोलोजी ल्याब सेवासहित आवश्यक परीक्षण रिपोर्टको निःशुल्क होम डेलिभरी सुविधासमेत उपलब्ध गराइनेछ ।
सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याबका तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन् ।






About Us
प्रतिक्रिया