बैंकिङ्ग कसुरको मुद्दामा फरार प्रतिवादी पक्राउ


काठमडौं –  बैंकिङ्ग कसुर मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७, ग्वार्खो बस्ने ३९ वर्षीय अमृत कुमार श्रेष्ठ  रहेका छन्। श्रेष्ठलाई अदालतले बैंकिङ्ग  कसुर प्रकरणमा ५ दिन कैद सजाय तथा ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर, फैसलापछि उनी फरार रहेका थिए।

श्रेष्ठलाई  कैद तथा जरिवाना भुक्तान गराउन जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अदालत समक्ष पेश गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।