रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति


काठमाडौं – नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो।

कम्पनीले अब २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता बराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीको शेयर निष्कासनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।