बैकिङ्ग समाचार,काठमाडौं ।
राष्ट्र बैंकले १८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
२८, ९१ र १८२ दिन अवधिका लागि ट्रेजरी बिल नवीकरण गर्ने भएको हो ।
भोली (मंगलबार) जारी हुने ट्रेजरी बिलका लागि आज मध्यान्न ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिन अविधका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो कात्तिक १४ गते परिपक्व हुनेछ ।
९१ दिन अवधिका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो पुस १७ गते परिपक्व हुनेछ । १८२ दिन अवधिका लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो चैत २० गते परिपक्व हुनेछ ।
प्रतिक्रिया