स्रोत नखुलेको १०  लाख भारतीय रुपैयाँसहित तीन जना नियन्त्रणमा 

स्रोत नखुलेको १०  लाख भारतीय रुपैयाँसहित तीन जना नियन्त्रणमा 


बैकिङ्ग समाचार,काठमाडौं ।

स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । 

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट असोज १४ गते सशस्त्र प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिइएकाहरु भारतको महाराजगंज जिल्ला सुनौली ग्रामपंचायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय  अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्  ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका राजु कौशलको साथमा नौ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको  डिएसपी थापाले बताएका छन् । 

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ भने उल्लेखित रुपैयाँ र दुईवटै भ्यान भने राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको छ ।