काठमाडौं – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ४ बाट स्रोत नखुलेको नगद १२ लाख २९ हजार रुपैयाँ सहित भारत बिहार सितामढी ग्राम पंचायत सोनवर्सा–२ बस्ने २९ वर्षीय धर्मेन्द्र महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ३२८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया