काठमाडौं – कुमारी बैंकले आजदेखि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको ५ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले एनआरएनको स्वामित्वमा रहेको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले सो शेयर खरिदको लागि पहिलो प्रथामिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ।
सो शेयर खरिद गर्न इच्छुक बैंकको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।
इच्छुकले बैंकको प्रधान कार्यालय टंगाल–२ काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया