लामो प्रतिक्षापछि खुलेको रिलायन्स स्पिनिङको आईपीओमा आवेदनको ओइरो


काठमाडौं – रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिनेको ओइरो लागेको छ। कम्पनीको आईपीओ खुलेको केही समयमै आवेदकको ओइरो लागेर ओभर सब्सक्राइब भएको हो। वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आईपीओमा आवेदन खुलेको १ घण्टा पुग्न नपाउदै मागभन्दा बढी आवेदन परेको छ।

कम्पनीले आजदेखि एक लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गरेकोमा ३० मिनेटमै १ लाख १८ हजार ३४० कित्ता आवेदन परेको हो। विदेशमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त परिमाणको साधारण शेयरमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन्।