विशेष अदालतद्वारा क्यान महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


काठमाडौं – नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। उनीसँगै पक्राउ परेका प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा  मंसिर १७ गते उनीहरूविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।