काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोर्चुगल पटाइदिन्छु भन्दै २ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट घर भई काठमाडौं बस्ने ३३ वर्षीय भिम बहादुर महर रहेका छन् ।
महरले १ जनालाई पोर्चुगल पटाइदिन्छु भन्दै २ लाख ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंको सुकेधाराबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया