स्रोत नखुलेको नगद ५७ लाखसहित एक जना पक्राउ


काठमाडौं – काठमाडौंको महानगरपालिका–१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद ५७ लाखसहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई २० नगद सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप स्रोत नखुलेको नगद ३७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।