बैकिङ्ग समाचार,काठमाडौं ।
सुन तस्करीका विषयमा छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन भएको छ ।
सिंहदरबारमा आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग बनाउने निर्णय गरेको हो ।
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलपछि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको हो।
समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव, गृह मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका एक पूर्वडिआइजी रहने वनमन्त्री वीरेन्द्र महतोले जानकारी दिए।
प्रतिक्रिया