बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले कपन, सीतापाइला, डल्लु, भैँसेपाटी र टौखेलमा गरी पाँच ठाँउमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको बताएको छ। उक्त क्षेत्रका व्यवसायी उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको हो। बैंकले आगामी दिनमा थप शाखाहरू बिस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको जनाएको छ।
प्रतिक्रिया