काठमाडौं – लुम्बिनी विकास बैंकले आज देखि १ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी कान्छा गुरुङको नाममा रहेको १ लाख कित्ता र प्रकाशमान श्रेष्ठको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिएको बैंकले जनाएको छ। उक्त, शेयर खरिद गर्न इच्छुक बैंकको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया