पोखरा विमानस्थलमा ८ अर्ब भ्रष्टाचार आरोपमा पाँच पूर्व मन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न तयारी गरेको छ ।

पोखरा विमानस्थल भ्रष्टाचार गरेको आरोपमा ५५ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताएका हुन्। अख्तियारले ५ जना मन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गर्न तयारी गरेको हो । 

आयोगले पूर्वमन्त्री रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ। बोगटीको मृत्यु भैसकेको छ, भने बोगटीको श्रीमतिलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले ८ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै मुद्दा विशेष अदालत पुर्‍याएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाइएको छ। जसमा मन्त्रीसहित ठूला पदका सरकारी कर्मचारीहरूको पनि नाम रहेको छ।