क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलगायत सात जनाविरुद्धको थुनछेक बहसमा सुनुवाइ भइरहेको छ। अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा अधिकारीको मुद्दामा थुनछेक बहसमा सुनुवाइ भइरहेको हो। 

यसअघि शुक्रबार उनको मुद्दा हेर्न नमिलनेमा राखिएको  थियो। नलिञ्चोकमा निर्माण भएको हेलिपोर्ट निर्माणमा भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार  विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

अधिकारीसहित ७ जनाविरुद्ध जनही साढे १३ करोड रुपैयाँको बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।