ललितपुरबाट सात जना जुवाडे पक्राउ, १ लाख २२ हजार बरामद


काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका– ८ डुकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार र ९ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।