वाणिज्य विभागले गर्यो बजार अनुगमन, ९ पसललाई ८५ हजार जरिवाना

वाणिज्य विभागले गर्यो बजार अनुगमन, ९ पसललाई ८५ हजार जरिवाना


बैकिङ्ग समाचार,काठमाडौं । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार व्यापारिक प्रतिष्ठानमा अनुगमन गरेको छ । 

विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार बिहीबार ३३ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।

विभागको टोलीले न्यूनतम ५ हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म जरिवाना गरेको हो । चाडवाड नजिकिँदै गएपछि विभागले विशेष संयुक्त अनुगमन टोली परिचालन गरेको छ ।

यसमध्ये कैफियत भेटिएको ९ व्यापारिक प्रतिष्ठानलाई जरिवानाको दायरामा ल्याइएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

विभागले ९ व्यापारिक प्रतिष्ठानलाई ८५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागको संयुक्त अनुगमन टोलीले बिल बिजकका साथै खरिद बिल बिजक नराखेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा तरकारी, किराना पसल, माछामासु पसल, ग्रोसरी र खाद्य वस्तुसम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।