काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई थप दुई दिन थुनामा राख्न अनुमति मिलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याद थपका लागि उच्च अदालत पाटनमा लगेकोमा थप दुई दिन थुनामा राख्न अनुमति मिलेको हो ।
यससँगै, शेचरनलाई आइतबारसम्मका लागि थुनामा राख्न अनुमति मिलेको छ । शेचरनसँगै डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ र गुण एयरलायन्सका राजेन्द्र शाक्यलाई समेत थप दुई दिन थुनामा राख्न अनुमति मिलेको छ ।
सीआईबीले प्रभु बैंकबाट प्रवाह भएको गुणस्तरहीन कर्जाको विषयमा छानबिन गर्नका लागि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दैछ ।






About Us
प्रतिक्रिया