काठमाडौं – काठमाडौंको एक सफ्टवेयरमा काम गर्दै आएका झापाको शिवशताक्षी नगरपालिका–१० निवासी ३३ वर्षीय सरोज शर्माको हत्या आफ्नो साथीको हातबाट भयो । उनले आफ्नो साथी सुनिल साहलाई सस्तोमा सुन खरिद गर्न चाहेको बारे सुनाएका थिए । शर्मासँग रकम रहेको चाल पाएपछि शाहका मामा र एक भारतीय नागरिकको मिलेमत्तोमा साथीको हत्या गरे ।
सुनिल साहले शर्माले भने अनुसार सस्तोमा सुन ल्याएको भन्दै सुन छ लिन आउनु भन्दै आफ्नै साथीलाई लुटपाट गर्न अपहरणपछि क्रूरतापूर्वक हत्या गरेको घटनाले झापा जिल्ला स्तब्ध बनेको थियो । हत्या गर्ने शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको उनकै साथी सोही ठाउँका २७ वर्षीय सुनिल साह र साहका भान्जा पर्ने २३ वर्षीय भाइ राहुल साहलाई प्रहरीले पक्राउ गरेको थियो ।
शर्मा काठमाडौंमा बसेर काम गर्दै आएका सूचना प्रविधि क्षेत्रका इञ्जिनियर थिए । उनले सुनिल शाहसँगको भेटमा सस्तो सुन पाए किन्ने मनोसाय राखेका थिए । साढे २ लाखभन्दा बढी मूल्य पुगेको सुन सस्तोमा पाए किन्ने दाउ शर्माको थियो । यहीकारण, गत तिहार र छठमा झापा पुगेका शर्मालाई साथिहरुले क्रुरतापूर्वक हत्या गरे ।
यस्तै, कात्तिक महिनामै पाल्पामा जुवा खेल्न पैसा सापटी नदिएको रिसमा कुटपिट गरेर एक जना वृद्धको हत्या भएको थियो । पाल्पाको माथागढी गाउँपालिका वडा नं.४ देउगीरमा जुवा खेल्न पैसा सापटी नदिएको भन्दै ७६ वर्षीय फुलमाया जिसीको हत्या भएको थियो । हत्या गर्नेमा ३७ वर्षीय मीन बहादुर विश्वकर्माले थिए । यस्तै, दसैंको समयमा ताल खेल्दा हारेपछि ती वृद्धासँग रकम सापटी लिएका थिए । र, फिर्ता माग्ने क्रममा विश्वकर्माले हसिँयाले हानेर उनको हत्या गरेका थिए ।
यी दुई उदाहरण घटना मात्रै हुन् । यीबाहेक पछिल्लो समयमा पैसाको लोभमा साथि र छिमेकीको हत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । आर्थिक प्रालोभनमा परेर अपहरण, ठगी र हत्या जस्ता गम्भीर अपराधहरूमा संलग्न हुने व्यक्तिहरूको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ । हालै राजधानी काठमाडौंसहित देशका विभिन्न सहरहरूमा घटेका केही घटनाले समाजमा पैसाको मोहले कस्तो विनाशकारी रूप लिन सक्छ भन्ने देखाएको छ ।
पछिल्लो समयमा केही युवाहरू सजिलो पैसा कमाउने लालचमा आपराधिक समूहसँग जोडिँदै अपहरण तथा फिरौती असुल्ने कार्यमा संलग्न भइरहेका छन् । प्रहरीको तथ्याङ्कअनुसार देशभर दशैं अवधिमा मात्रै १८३ वटा हत्या सम्बन्धी मुद्दा दर्ता भएका छन् भने तिहारको समयमा मात्रै ७३ वटा मुद्दा दर्ता भएका थिए । यी घटनामध्ये धेरैजसो आर्थिक विवाद, जग्गा र ऋणसम्बन्धी विवाद तथा पैसाको लेनदेनका कारण हुने गरेको सारोकारवाला बताउँछन् ।






About Us
प्रतिक्रिया