एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरुले १५ प्रतिशत छुट पाउने



काठमाडौं – एनआईसी एशिया बैंकले लकर सेवामा विशेष छुट सुविधा दिने भएको छ । निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन् ।

ग्राहकहरुले बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्ने बैंकले जनाएको छ । बैंकले मुलुकभरका १५० वटा बैंक शाखाहरुमा विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकको विश्वास छ ।