बीमा क्षेत्रमै भविष्य खोज्दै खत्रीः अभिकर्तादेखि सहायक म्यानेजरसम्मको यात्रा

बीमा क्षेत्रमै भविष्य खोज्दै खत्रीः अभिकर्तादेखि सहायक म्यानेजरसम्मको यात्रा


नमुना के सी, काठमाडौं । 
जीवन निर्वाहका लागि मानिसहरुले जस्तोसुकै परिश्रम पनि गरेको देखिन्छ । बढ्दो वेरोजगारीको अवस्थामा सबैलाई आफ्नो परिवारको लालनपालन र शिक्षा, स्वास्थ्यको लागि नगद जुटाउन मिहनेत गर्नै पर्छ । शहरबजार, हुनेखाने र सम्पन्न वर्गका लागि मात्रै रहेछ भन्ने मानिसहरुले औंल्याएका छन । यहाँ हजारौं  मानिसहरु दुई छाक टार्नकै लागि संघर्ष गरिरहेका छन् । राज्यले रोजगारीको वातावरण सिर्जना गर्न असक्षम बन्दै गइरहेको छ । युवा विदेशिने क्रम रोकिने अवस्थामै छैन ।  आफैले कुनै व्यापार, व्यवसाय गर्न ठूलो लगानी नभएका निम्न वर्गीय मानिसहरुका लागि यो मुलुकमा यती धेरै चुनौती छन की सोच्नै सकिँदैन । त्यसैले आज सारा मुलुक विदेश गइरहेको छ । 
यो पनि 

काम पनि सजिलै नपाइने, सानो लगानीमा केही गर्न पनि नसकिने । यो कटु यथार्थलाई चिर्दै केही युवाहरु भने स्वदेशमै केही गर्छु तर विदेश पलायन हुँदिन भन्ने उद्देश्यलाई बोकेर अधि बढ्दै गरेको पनि देख्न सकिन्छ । त्यस्तै युवामध्ये एक हुन सानै उमेरबाट बीमा क्षेत्रमा संलग्न भई अधि बढ्दै गरेका २५ वर्षीय उमेश खत्री ।  

सिन्धुपाल्चोक सुनकोशी ७ पात्ले घर भएका खत्रीले आफ्नो शैक्षिक यात्रा थुमपाखर ६ श्री महेन्द्रोदय मा वी विद्यालयबाट सुरु गरे । २०७६ साल ६ महिना ५ गते बाट नेपाल लाइफ इन्स्योरेन्स बाट एजेन्टको रूपमा काम सुरु गरे ।  र बीमा क्षेत्रमा ४ वर्ष काम गरेसँगै अहिले नेपाल लाइफ इन्स्योरेन्समा सहायक म्यानेजर समेत बनिसकेका छन । स्वदेशमै बीमा क्षेत्रमा काम गरिरहँदा अत्यन्तै खुशी रहेको बताउँछन । उनी भन्छन, ‘मलाई बीमा क्षेत्रमा सबै भन्दा पहिला प्रवेशको लागि दाइले प्रेरित गर्नु भएको थियो ।’ खत्रीले जीवन बीमाको महत्व दर्शाउँदै भन्छन,‘भावी जोखिमको संरक्षण गर्नको लागि बीमा गराउने क्रममा यसबाट पाउने सुविधालाई लिएर म बीमा प्रति प्रभावित भएको थिए ।’

यो पनि 

‘बैकमा काम गर्दै गर्ने क्रममा दाइले मलाई अभिकर्ता पेशालाई पनि अगाँल्न सक्ने बारेमा जानकारी पनि दिनुहुन्थ्यो । उहाँकै प्रेरणामा नेपाल लाइफको अभिकर्ता पेशामा आवद्ध भएको हुँ ।’  खत्री भन्छन, ‘बीमा एउटा फोर्सफुल बिजनेस हो । बीमा गराउने अभिकर्ताले बिमितलाई तपाईंको भावी दिनमा आउनसक्ने जोखिम र बचत दुवैलाई सम्झाएर बीमा गराउँछन ।’ 
अभिकर्ता देखि सहायक म्यानेजर सम्मको यात्रामा आफु अत्यन्तै खुशी भएको बताउँदै उनी भन्छन, ‘अझै नेपाल लाइफ इन्स्योरेन्स जस्तो उत्कृष्ट कम्पनी सँग जोडिएर काम गर्न पाउँदा आभारी छु । बीमा क्षेत्रमा काम गरिरहेको कारण घर समाज र साथीभाईबाट हेर्ने नजर परिवर्तन भएको छ ।  खत्रीले भने ‘मैले बीमा क्षेत्रमा नै आफ्नो भविष्य देखेको छु । देशको वित्तीय क्षेत्रमा काम गरि सेवा प्रदान गर्न पाउँदा गर्व गरेको छु ।’

यो पनि 

खत्री भन्छन ‘विदेशिनु रहर हैन तर धेरै जना विदेशिरहेका छन नेपालमा अवसर पाए भने म जस्तो युवा बाहिरिनु पर्दैन थियो होला ।’ भौतारिरहेका युवाहरूलाई बीमा क्षेत्रमा प्रवेश गर्न प्रोत्साहन गर्दै भन्छन,‘पेशामा सबैलाई स्वागत छ, आउनुस मिलेर काम गरौँ । देशको वितिय क्षेत्रलाई समृद्धि गनु नै राम्रो उपलब्धि हासिल गर्नु हो ।’
खत्रीले यस क्षेत्रमा मनबाट क्रियाशिल रहेको जिकिर गरे उनी भन्छन, ‘मैले बीमा क्षेत्रलाई योगदान र लगनशीलता दिए वापत सन्तुष्टि र सफलता प्राप्त गर्दै आएको छु । जीवन बीमाको लागि बीमीतलाई नेपाल लाइफ नै किन रोज्नु भन्छु ।’ 

यो पनि 

उनी भन्छन, ‘हाम्रो संस्थाले नयाँ जीवन बीमा गराउन योग्य नागरिकहरूलाई जीवन बीमा योजनाहरूको बिक्रि वितरण, दाबी भुक्तानीमा अब्बल, जीवन बीमा शिक्षा तथा जनचेतना प्रदान गर्ने, जीवन बीमाको फाइदा प्रकाश पार्ने, अधिकतम जनस्तरमा जीवन बीमाको सेवा विस्तार गर्ने काम गरिरहेका छौं ।’ 
जीवन बीमा सम्बन्धी सूचना, जानकारीहरू जनमानसमा दिँदै  सचेतना जगाउँदै नेपाल लाइफ व्यवसायिक बाटो र पेशागत धर्म निर्वाह गर्दै निरन्तर अघि बढिरहेको खत्री बताउँछन ।