काठमाडौं – मोरङको विराटनगर महानगरपालिका– १७ मटेरूवा चोकबाट स्रोत नखुलेको नगद ६ लाख ४९ हजार ५ सय रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही महानगरपालिका– १८ बस्ने ३९ वर्षीय रबि प्रकाश साह रहेका छन्।
कोसी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. २४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई साे नगदसहित पक्राउ गरेको हो। यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया