काठमाडौं – वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यकारी सदस्यमा चार जना नयाँ सदस्य छनोट भएका छन् । बुधबार सम्पन्न भएको संघको वार्षिक साधारणसभाले रिक्त रहेको सदस्य पदमा नबिल बैंकका सीईओ मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबीआई बैंकका सीईओ रामकुमार तिवारी र प्राइम कमर्सियल बैंकका सीईओ सञ्जीव मानन्धरलाई चयन गरेको हो ।
संघको यसअघिका सदस्यहरु प्रभु बैंकका सीईओ अशोक शेरचन, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको कार्यकाल सकिएसँगै संघको सदस्यबाट बाहिरिएका हुन् ।
यता, प्राइम कमर्सियल बैंकका सीईओ मानन्धरको एक कार्यकाल सकिएपनि संघको सदस्यमा उनी दोस्रो कार्यकालका पुनः नियुक्त भएका छन् । यस्तै, संघको सदस्य रहेका एभरेस्ट बैंकका सीईओ सुदेश खालिङ र नेपाल बैंकका सीईओ तिलकराज पाण्डेको कार्यकाल बाँकी नै छ ।



About Us
प्रतिक्रिया