साउनमा वाणिज्य बैंकहरुको नाफा साढे ८ अर्ब ५२ करोड, ब्याजदर वृद्धि हुँदा कर्जा लगानी १६ अर्बले घट्यो

साउनमा वाणिज्य बैंकहरुको नाफा साढे ८ अर्ब ५२ करोड, ब्याजदर वृद्धि हुँदा कर्जा लगानी १६ अर्बले घट्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको तथ्याङक नेपाल राष्ट्र बैंकले जारी गरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्य सबैभन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ । 

बैंकले ९९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै नबिल बैंकले ७५ करोड ५५ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ ।  सिटिजन बैंकको खुद नाफा  २ करोड ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै सानिमा बैंकले २ करोड ५१ लख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

यता सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले यसअवधिमा १ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै माछापुच्छे बैंकले १ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कुन बैंकको नाफा कति ? 

ग्लोबल आईएमई बैंक – ९९ करोड २४ लाख रुपैयाँ

नबिल बैंक – ७५ करोड ५५ लाख रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – ७४ करोड ८० लाख रुपैयाँ

हिमालयन बैंक – ६३ करोड १२ लाख रुपैयाँ

कुमारी बैंक – ५७ करोड ७१ लाख रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंक – ४४ करोड ७० लाख रुपैयाँ

प्राइम कमर्सियल बैंक – ४२ करोड ४८ लाख रुपैयाँ

लक्ष्मी सनराइज बैंक – ४१ करोड ५४ लाख रुपैयाँ

एनआईसी एशीया बैंक – ३८ करोड ४६ लाख रुपैयाँ

एनएमबी बैंक – ३८ करोड ३१ लाख रुपैयाँ

एभरेष्ट बैंक – ३६ करोड ७७ लाख रुपैयाँ

नेपाल बैंक – ३६ करोड ४ लाख रुपैयाँ

कृषि विकास बैंक – ३३ करोड १६ लाख रुपैयाँ

प्रभु बैंक – २९ करोड ९९ लाख रुपैयाँ

सिद्धार्थ बैंक – २९ करोड ९६ लाख रुपैयाँ

स्ट्यान्डर्ड चार्टर्ड बैंक – २५ करोड ७८ लाख रुपैयाँ

सानिमा बैंक – २५ करोड २० लाख रुपैयाँ

सिटिजन्स बैंक – २४ करोड ७६ लाख रुपैयाँ

माछापुच्छ्रे बैंक – १८ करोड ८७ लाख रुपैयाँ

नेपाल ईसबीआई बैंक – १६ अर्ब ५ करोड रुपैयाँ

ब्याजदर वृद्धि हुँदा कर्जा लगानी १६ अर्बले घट्यो

यता बढिरहेको ब्याजदरका कारण आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा वाणिज्य बैंकहरूको कर्जा लगानी १६ अर्ब रुपैयाँले घट्न पुगेको हो ।  २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै ४८ खर्ब ७८ अर्ब कर्जा लगानी गरेकामा पछिल्लो साउन महिनामा उक्त लगानी घटेर ४८ खर्ब ६२ अर्बमा झर्न पुगेको हो । 

यता साउन महिनामा निक्षेप संकलन समेत घटेर ५६ खर्ब १२ अर्ब रुपैयाँमा झरेको केन्द्रीय बैंकले जनाएको छ । गत असार मसान्तसम्ममा बैंकहरुले ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।