रौतहटबाट ११८ थान नक्कली नोटसहित तीन जना पक्राउ


काठमाडौं – रौतहटबाट ११८ थान नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही बस्ने  २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारतको बिहारको मोतिहारी पुर्वी चम्पारण बस्ने जयप्रकाश कुमार रहेका छन्। 

ईशनाथ नगरपालिका–४, लत्मरी टोलमा प्रहरी चौकी मठिया महुलिया र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मठिया रौतहटबाट खटिएको संयुक्त गस्ती टोलीले चेकजाँचका क्रममा भारततर्फबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरुको साथबाट हजारका नक्कली नोट  ११८ थान ९ एक सय १८०, मोटरसाइकल र मोबाइल ३ थान बरामद गरिएको छ। 

भारतबाट नेपालतर्फ आउँदै गरेको  मोटरसाइकल रोकी चेकजाँच गर्न खोज्दा मोटरसाइकलमा रहेका उनीहरूले मोटरसाइकल छाडी खेत हुँदै जाली नोट फालेर  भाग्न लाग्दा पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।