नेप्सेमा आज १८.४५ अंकको वृद्धि, कारोबार रकम २ अर्ब नाघ्यो

नेप्सेमा आज १८.४५ अंकको वृद्धि, कारोबार रकम २ अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको कारोबारको तेस्रो दिन दोहोरो अंकले बढेको छ । आज मंगलवार नेप्से १८.४५ अंकले बढेर २ हजार २२ दशमलव ९१ बिन्दुमा पुगेको छ । सोमवार नेप्से ५.८९ अंकले घटेर २ हजार ४ दशमलव ४५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि उल्लेख्यरुपमा बढेर २ अर्ब माथि पुगेको छ । आज २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज मेन्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यि दुवै कम्पनीहरुको हेयरमुल्य १० प्रतिशतले बढेको छ ।

आज हिमालयन लघुवित्त र थ्रि स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन‍ । यि दुवै कम्पनीहरुको शेयरमूल्य ५ प्रतिशत भन्दा बढिले गिरावट भएको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज एनआइसी एशिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ८ करोड ३४ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।