सिद्धार्थ बैंकको कामु सीईओको जिम्मेवारी रामेश्वर प्रसाद बस्याललाई


काठमाडौं – सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार नायव प्रमुख कार्यकारी अधिकृत बस्याल कामु सीईओमा नियुक्त भएका हुन्।

सीईओ सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट सकिने भएसँगै बस्याललाई कामु सीईओको जिम्मेवारी दिइएकाे हाे। कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ।