अन्ततः रिलायन्सलाई आईपीओ निष्कासनको बाटो खुल्यो


काठमाडौं – नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई एक पत्र लेख्दै कम्पनीको आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो। 

स्वीकृतिसँगै अब रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बताएको छ।

संस्थागत लगानीकर्ताले बुक बिल्डिङ प्रक्रियाबाट प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ खरिद गरिसकेका छन्।