काठमाडौंबाट ११ जुवाडे पक्राउ, १ लाख १ हजार बरामद


काठमाडौं – काठमाडौंको महानगरपालिका – ३२ पेप्सीकोलाबाट ११ जना जुवाडे पक्राउ परेका छन्। पेप्सीकाेला बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– १३ घर भएका ५० वर्षीय रकम तामाङले संचालन गरेको सलिना खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ११ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ५ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।