अबदेखि नयाँ कम्पनी दर्ता गर्न तथा पूँजी वृद्धि गर्दा कुनै शुल्क नलाग्ने

अबदेखि नयाँ कम्पनी दर्ता गर्न तथा पूँजी वृद्धि गर्दा कुनै शुल्क नलाग्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
अब कम्पनी दर्ता र दर्ता भइसकेको कम्पनीले पूँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी नयाँ कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको हो । राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा अब कुनै शुल्क लाग्ने छैन ।

सरकारले युवालाई उद्योग खोल्न प्रोत्साहन गर्ने उद्देश्यले बजेट मार्फत यस्तो व्यवस्था गरेको हो । नवप्रर्वतनात्मक र सूचना प्रविधिमा आधारित कम्पनी स्थापना गर्न युवाहरुलाई कठिन नहोस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।