कानुन विपरीत कसुर गरेकोले राष्ट्र बैंकद्वारा मोहर डिजिटल प्रालिको लाइसेन्स खारेज

कानुन विपरीत कसुर गरेकोले राष्ट्र बैंकद्वारा मोहर डिजिटल प्रालिको लाइसेन्स खारेज


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ।  केन्द्रीय बैंकले आज असोज ८ गते एक सूचना जारी गर्दै मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको जानकारी गराएको हो । कम्पनीले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ खण्ड ( छ )  र (ज ) बमोजिमको कसुर गरेको देखिएकोले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्थाबमोजिम अनुमतिपत्र खारेज गरिएको केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभाले जनाएको छ ।

उक्त कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी २०७६ असोज ३० गते अनुमति पाएको थियो। उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरूको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंक सूचित गरेको छ।

\"\"