काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै १४ करोड १३ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भई ललितपुर बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेका छन्।
अग्रवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत रहेको ललितपुरबाट खटिएको प्रहरीको टोलीले ललितपुरको ललितपुर महानगरपालिका– ४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया