काठमाडौं – काठमाडौं महानगरपालिका– ६ तिनचुलीबाट स्रोत नखुलेको नगद १८ लाख १६ हजार ५ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।्र
सोही महानगरपालिका– ६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ घर भएका १९ वर्षीय दावा शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया