मौद्रिक नीति समीक्षाः अब लघुवित्तहरूले धितोमा १५ लाखसम्म कर्जा दिन पाउने 


काठमाडौं – लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो कर्जाको सीमा बढाएको हो । 

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर १५ लाख कायम गरेको हो ।

यस्तै, केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरूको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने पनि बताएको छ ।