काठमाडौं – नेपाल धितो पत्र बोर्डले आफ्नो अक्षय कोषमा रहेको रकम लगानी गर्न पुनः सूचना निकालेको छ। बैंकको मुद्दती निक्षेपमा लगानी गर्न यसअगाडि निकोलेको सूचनामा बैंकहरुले प्रस्ताव नगरेपछि पुनः सूचना निकालेको हो।
गत मंसिर ७ गते पछिल्लो पटक सूचना जारी गर्दै बोर्डले सिलबन्दी प्रस्ताव आह्वान गरेको थियो। जसमा नेपाल धितो पत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नका लागि बैंकहरूसँग प्रस्ताव माग गरिएको थियो।
यसका लागी बैंकहरुले आफूले दिन सक्ने १ वर्षे ब्याजदर सहित आगामी १६ गते कार्यालय समयभन्दा एक घण्टा अगाडीसम्ममा आवेदन दिन सक्नेछन् । नेपाल धितो पत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम योग्यता खुल्ने आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेश गर्न पुनः सूचना निकालिएको बाेर्डले जनाएको छ।




About Us
प्रतिक्रिया