काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घट्दा समेत ५ कम्पनीहरुले ९ प्रतिशत बढीका दरले कमाएका छन्। आज शेयर बजार २६.५१ अंक दरले घट्दा समेत सागर डिष्टिलरी, निफ्रा ग्रिन इनर्जी डिबेञ्चर ६ प्रतिशत – २०८८/८९ ,त्यस्तै स्वस्तिक लघुवित्त, झापा इनर्जी, र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका हुन्।
जसमा सागर डिष्टिलरीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यससँगै, निफ्रा ग्रिन इनर्जी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन्।
त्यससँगै १० प्रतिशत एनआइएमबि डिबेन्चर २०९० का लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ८.९९ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, जोशी हाइड्रोपावरका लगानीकर्ताले ७.२९ प्रतिशतका दरले गुमाएका छन्।
जबकि आज यसै कम्पनीको दोस्रो ठुलो शेयर कारोबार भएको थियो। यस कम्पनीको आज २१ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको हो। त्यस्तै, आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ। यस कम्पनीले आज २३ करोड रुपैयाँ माथिको कारोबार गरेको छ।






About Us
प्रतिक्रिया