अघिल्लो साता पाँचै दिन बढेको बजार आज दोहोरो अंकले घट्यो, कारोबार रकम ७ अर्ब


काठमाडौं – साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २६.५१ अंकले घटेर परिसूचक २६ सय ४९ दशमलव ५२ को बिन्दुमा कायम भएको छ।

आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयरमूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स शेयर कारोबार भएको छ। आज यस कम्पनीको २३ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ। त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्टको २१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै १० % एनआइएमबि डिबेन्चर २०९० का लगानीकर्ताले गुमाएका छन्। आज यी कम्पनीका लगानीकर्ताले ८.९९ प्रतिशतका दरले गुमाएका हुन्।