बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात सोमवार देखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू ९७ दशमलव ८७ देखि २९३ दशमलव ६१ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि देखि कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूको लागि निष्कासन गरेको २४ लाख ९८ हजार ४० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरेर कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथलीबाट हुने जानकारी गराएको छ । कम्पनीको स्टक सिम्बोल युएलएचसी रहेको छ ।
प्रतिक्रिया