काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २१ औँ साधारण सभा बोलाएको छ।
बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको ३६५ औँ बैठकबाट पुस ७ गते, अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा सो सभा बोलाएको हो। उक्त, सभा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) सहित ५.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै सो सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया