काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबैजसो म्यूचुअल फण्डको शेयर मूल्य १० रुपैयाँभन्दा न्यून छ । म्यूचुअल फण्डको शेयर मूल्य प्रति युनिट १० रुपैयाँमा बिक्री हुन्छ। तर, सूचीकृत ४० वटा म्यूचुअल फण्डमध्ये सबैजसो कम्पनीको शेयर मूल्य १० रुपैयाँभन्दा न्यून छ।
नेप्सेमा सूचीकृत २७० भन्दा बढी कम्पनीमध्ये ४० वटा म्यूचुअल फण्ड सूचीकृत छन्। नेप्सेमा म्युचुअल फण्ड अन्तर्गत ४० वटा कम्पनीहरू रहेका छन्। सबैजसो म्यूचुअल फण्डमध्ये जम्मा ६ वटा कम्पनीको मूल्य मात्रै १० रुपैयाँमाथि छ। यसबाहेक बाँकी ३४ वटा कम्पनीको शेयर मूल्य १० रुपैयाँभन्दा न्यून र ८ रुपैयाँ प्रतियुनिटसम्म छ।
यी हुन् १० रुपैयाँभन्दा बढी मूल्य भएका कम्पनी
नेप्सेका अनुसार हिमालयन ८०-२० को शेयर मूल्य १० रुपैयाँ माथि छ। यस्तै, प्रभु सेलेक्ट फन्ड, एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड, ग्लोबल ब्यालेन्स्ड फण्ड–१ को शेयर मूल्य १० रुपैयाँ रहेका छन्। त्यससँगै, एनएमबि ५० र प्रभु स्मार्ट फन्डको समेत शेयर मूल्य १० रुपैयाँभन्दा बढी छ। यसबाहेक, प्रभु स्मार्ट फन्ड, प्रभु सेलेक्ट फन्ड, हिमालयन ८०–२० काे शेयर मूल्य १० रुपैयाँ छ। यसैगरी, ग्लोबल ब्यालेन्स्ड फण्ड–१, एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२, एनएमबि ५० को १० रुपैयाँ ५ पैसा रहेका छन्।
यी कम्पनीको मूल्य ९ रुपैयाँ
सूचीकृत २२ वटा कम्पनीको शेयर मूल्य ९ रुपैयाँ आसपास रहेको नेप्सेको तथ्यांक छ । जसमा सनराइज फस्र्ट म्युचुअल फण्डको ९ रुपैयाँ ८० पैसा शेयर मूल्य रहेको छ। त्यस्तै सानिमा ग्रोथ फण्डको ९ रुपैयाँ ५२ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ९.३१, कुमारी धन वृद्धि योजना ९.३० छ । यता लक्ष्मी उन्नति कोषको ९.२८, ग्लोबल आईएमई समुन्नत योजना–२ र आरबीबी म्युचुअल फण्ड–२ को समान ९.२५ रुपैयाँ छ।
सिद्धार्थ इक्विटि फण्डको मूल्य ९.२३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ९.२२, आरबीबी म्युचुअल फण्ड १ को ९.२१, लक्ष्मी भ्यालु फण्ड–२ को ९.१७ रुपैयाँ छ । यस्तै, एचएलआई लार्ज क्याप र सानिमा लार्ज क्याप फण्डको समान ९.१५ रुपैयाँ, नबिल ब्यालेन्सड् फण्ड–२ को ९.१३, सिटिजन्स म्युचुअल फण्ड–२ को ९.१० रुपैयाँ र कुमारी इक्विटि फण्डको ९.५ रुपैयाँ छ ।
यस्तै, एमबीएल इक्विटि फण्ड र सन्राइज फोकस इक्विटि फण्डको शेयर मूल्य ९ रुपैयाँ ३ पैसा रहेको छ । त्यसैगरी, रिलायबल समृद्धि योजना, नबिल ब्यालेन्सड् फण्ड–३, सन्साइन ब्यूलचिफ फण्ड र गरिमा समृद्धि योजना गरी यी चार कम्पनीको शेयर मूल्य ९ रुपैयाँ रहेको नेप्से तथ्याङकले देखाएको छ ।
१२ कम्पनीको मूल्य ८ रुपैयाँ
म्युचुअल फन्ड अन्तर्गतका ४० कम्पनीहरू मध्ये १२ वटाको सबैभन्दा कम शेयर मूल्य रहेको छ। १२ कम्पनीहरूको प्रत्येकको शेयर मूल्य ८ रुपैयाँ आसपास रहेको छन्। जसमा एनआइबीएल स्टेबल फण्ड को ८.४० रुपैयाँ छ। यस्तै, एनआईबिएल ग्रोथ फण्डको ८.४७, मेगा म्यूचुअल फण्ड १ को ८.५० रुपैयाँ छ। यस्तै, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को ८.६० रुपैयाँ, एनआईबीएल समृद्धि फण्ड–२ को ८.६४ रुपैयाँ, एनआईसी एशिया ग्रोथ फण्ड–२ को ८.६८ रुपैयाँ कायम छ।
कुमारी सबल योजना ८.८० रुपैयाँ, मुक्तिनाथ म्यूचुअल फण्ड–१ को ८ रुपैयाँ ८१ पैसा शेयर मूल्य रहेको छ भने एनआईसी एशिया ब्यालेन्सिट फण्ड ८.८४, एनआईसी एशिया फिक्स क्याप फण्डको ८.८६ रुपैयाँ छ भने सिटिजन्स सुपर ३० म्यूचुअल फण्डको ८.८९ रुपैयाँ र एनएमबि हाइब्रिड फण्ड एल–१ को ८.९२ रुपैयाँ मूल्य कायम छ।





About Us
प्रतिक्रिया