६ करोड ७८ लाख भन्दा बढी क्रिप्टो करेन्सी कारोबारमा संलग्न एक जना प्रहरीको फन्दामा 


काठमाडौं – अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गर्दै आएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–४  घर भई हाल काठमाडौंको काठमाडौं महानगरपालिका– १३ बस्ने २२ वर्षीय विकाश शाह बाँनिया रहेका छन्। 

उनलाई काठमाडौंको भद्रकालीमा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) र अनलाइन ठगी गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा ६ करोड १८ लाख बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको र अनलाइन ठगी समेत गरेको खुल्न आएकोले उनीविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले  जनाएको छ।