एआइआइबिको बार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान

एआइआइबिको बार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान


बैकिङ्ग समाचार ,काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि) को बार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन् ।

उनले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउने छन् । 

उनको साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।

\"\"

बैठकमा दिगो सीमापार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उदीयमान बजारहरूमा दिगो पूर्वाधारको लागि निजी इक्विटी जुटाउने, हरित र प्रविधि–सक्षम पूर्वाधारमा स्टार्ट–अपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्ने लगायतका विषयहरूमा छलफल हुने बताइएको छ । 

\"\"