बैकिङ्ग समाचार,काठमाडौं ।
नेपाल आयल निगमले १४.२ किलो तौलभन्दा बढी तौलको सिलिन्डरको उत्पादन र बजारीकरण गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
निगमले एक सूचना जारी गर्दै सूचनाविपरीत बढी तौलको ग्यासहितको सिलिन्डर उत्पादन गरी बजारीकरण गरेको पाइए एलपी ग्यास विनियावलीअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।
निगमले बिहीबार जारी गरेको सूचनामा १४.२ किलोभन्दा बढी ५० किलो र ४५० किलो क्षमताको सिलिन्डरमा ग्यास भरेर बिक्री गरिरहेको भए तत्काल बन्द गर्न अनुरोध गरिएको छ ।
साथै १४.२ किलोभन्दा बढी क्षमताको सिलिन्डरको प्रयोग गर्नु गैरकानुनी भएकाले त्यस्ता सिलिन्डर प्रयोग नगर्न पनि निगमले आग्रह गरेको छ ।
प्रतिक्रिया