बैंकिङ्ग कसुर मुद्दामा ३३ लाख बिगो भएका फरार प्रतिवादी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड घर भई काठमाडौंको गोकर्णेश्वर–६ बौद्ध बस्ने ३० वर्षीय मिङमार शेर्पा रहेका छन्। उनको बैंकिङ्ग कसुर मुद्दामा ३३ लाख बिगो रहेको प्रहरीले बताएको छ। 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाएको छ।