ठमेल क्षेत्रमा पर्यटकमाथि हैरानी–लुटपाट गर्ने १३ जना पक्राउ 


काठमाडौं – काठमाडौंको ठमेल क्षेत्रका स्वदेशी र विदेशी पर्यटकहरूलाई लुटपाट गर्ने र अनावश्यक हैरानी दिने १३ जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका बादल तामाङ, बाजुरा घर भएका गणेश नाथ, तनहुँका विशाल थापा मगर, सिन्धुलीका गणेश तामाङ, सर्लाहीका सागर मगर, सुनसरीका रमेश क्षेत्री र दोलखा घर भएका विशाल नेपाली, रामेछाप घर भएका मिलन नेपाली, गोरखा घर भएका विवश खबास, नेपालगन्जका अभिषेक थापा, काभ्रेका सञ्जय लामा, दाङ घर भएकी प्रमिमा डाँगी र प्रमिल पुन मगर रहेका छन् । 

उनीहरूलाई  पर्यटकहरूलाई हैरानी दिने, लुटपाट गर्ने र यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य बनाउने गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा प्रहरीले ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।