काठमाडौं – सानिमा बैंक लिमिटेडले आगामी मंसिर १४ गतेदेखि (नोभेम्बर ३०, २०२५) इन्टरनेट बैंकिङ्ग सेवा पूर्णरूपमा बन्द गर्ने भएको छ। सानिमा बैंकका सूचना अधिकारी पवन कुमार आचार्यकाअनुसार इन्टरनेट बैंकिङ्गको प्रयोगमा कमी आएकाले यस सेवा बन्द गरिएको हो।
उनले पछिल्लो समय प्रविधिमा आएको विकाससँगै बैंकका सेवाग्राही पनि अन्य भुक्तानीमा अग्रसर हुँदा इन्टरनेट बैंकिङ्गको सेवा बन्द गरेको बताए।
‘इन्टरनेट बैंकिङ्गबाट कारोबार गर्दा यसको पक्रिया लामो हुने भएपछि सेवाग्राही मोबाइल बैंकिङ्ग, कनेक्ट आईपीएसतर्फ डाइभर्ट भएका छन्’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘विगतमा इन्टरनेट बैंकिङ्गको सेवा लिएकाहरुले पनि यसको प्रयोग नगरेको पाइएपछि सेवा बन्द गरिएको हो।’







About Us
प्रतिक्रिया