काठमाडौं – काठमाडौंको तारकेश्वर–११, नेपालटारस्थित सडक खण्डमा घर फर्कँदै गरेकी एक महिलाको साथबाट नगद, बैंकका चाबी, मोबाइल तथा कागजातहरू भएको लेडिज ब्याग लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको वालिङ–११ डौवा घर भएका ईश्वर बुढाथोकी, नुवाकोट, गोस्याङ घर भएका बिशाल राई, नुवाकोटको किस्पाङ घर भएका साजन तामाङ, नुवाकोटको चौगाडा समिर तामाङ रहेका छन्।
लुटपाट गरी फरार रहेका उनीहरूको खोजीका क्रममा तारकेश्वर–८, सुकुम्बासी टोलबाट उनीहरुलाई प्रहरीले नियन्त्रण गरेको हो। पक्राउ परेकामध्ये केही व्यक्ति मोटरसाइकलमा आएर महिलाका झोला लुट्ने घटनामा यतिबेला संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार यस समूहले पछिल्लो समय कम्तीमा ३ वटा लेडिज झोला लुटपाट गरेको पुष्टि हुनुका साथै चोरीसम्बन्धी ३ वटा जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान जारी राखेको छ।




About Us
प्रतिक्रिया